मुम्बइ। आफ्नो पहिलो फिल्म ‘ओरु अदार लभ’को एक दृश्यमा आँखा झिम्क्याएर रातारात चर्चित भएकी हिरोइन प्रिया प्रकाश वारियरको मूल्य एकाएक बढेको छ । चर्चित भएसँगै उनलाई फिल्मका अफर आउन थालेका छन् ।

एक दक्षिण भारतीय वेब पोर्टलमा अनुसार प्रियालाई हालै निखिल सिद्धार्थको फिल्मको लागि अफर गरिएको थियो । यो रोलको लागि प्रियाले २ करोडको माग गरेको वेबसाइटले जनाएको छ । प्रिया यतिसम्म चर्चित भइरहेकी छिन् कि इन्स्टाग्राममा उनका फलोअर ३५ लाख भन्दा बढी भइसकेका छन् । उनको इन्स्टाग्राम एकाउण्ट भारतका सबैभन्दा तीब्र गतिमा फलोअर बढिरहेका एकाउण्टमध्येमा एक भएको छ ।

प्रियाको पहिलो फिल्म ‘ओरु अदार लभ’ को गीत ‘मानिक्य मलरया पुवी’को २५ सेकेण्डको क्लिप ९ फेब्रुअरीका दिन इन्टरनेटमा भाइरल भएको थियो । त्यतिबेलादेखि अहिलेसम्म यो गीतलाई १६ मिलियन भन्दा बढीले खेरिसकेका छन् । रोचक त के भने अधिकांश नेपालीले बुझ्दै नबुझ्ने मलायालम भाषाको यो गीत नेपालमा समेत ट्रेन्डिङको सातौ नम्बरमा छ । गीतको क्लिप २४ घण्टामै १ मिलियन पटक हेरिएको थियो र ५० हजार भन्दा बढी पटक लाइक गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here