काठमाडौं । कौन बनेगा करोडपतिको नेपाली संस्करण नेपालमा संचालन हुने भएको छ । कार्यक्रम ’को बन्छ करोडपति’ सुरु हुन लागेको हो । कार्यक्रमलाई नायक राजेश हमालले संचालन गर्ने बताईएको छ ।

ब्रिटेनको चर्चित टेलिभिजन शो ‘हु वान्ट्स टु वि ए मिलेनियर’ बाट लाइसेन्स प्राप्त गरेर उक्त कार्यक्रम एपी १ टेलिभिजनबाट बैशाख १ गतेदेखी प्रसारण हुने भएको हो । कार्यक्रम एसारबीएन मिडियाको सहप्रायोजन रहने छ । कार्यक्रमको दर्ता खुलेपछि आइभिआर र एसएमएसद्वारा प्रतियोगी छानिने र तीमध्ये १० जना प्रतियोगी फस्टेस्ट फिंगरको लागि चुनिनेछन्। यसरी चुनिएका १० जना कार्यक्रममा सहभागी भएर हट सिटको लागि प्रतिष्पर्धा गर्नेछन्। तीमध्ये छिटो उत्तर मिलाउने एक जना हट सिटमा पुग्नेछन् ।

कार्यक्रममा लाइफलाइन, अडियन्स पोल, फिप्टी फिप्टी लगायतका अप्सन हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here